Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले प्रदेशभरि निष्क्रिय रहेको ३५ सहकारी संस्थाको दर्ता खारेज गरेको छ । रजिष्ट्रार कार्यालयले यही माघ १० गते सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो ।
कार्यालयले गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा ९३० अनुसार लगातार दुई वर्ष कुनै कारोबार नगरी निष्क्रिय रहेका सहकारी संस्थाको दर्ता खारेज गरेको जनाएको छ । यसअघि कार्यालयले २६ वटा सहकारी खारेज गरिसकेको थियो भने यसपटक थप ९ वटा विभिन्न प्रकृतिका सहकारीको दर्ता खारेज गरिएको छ ।
रजिष्ट्रार कार्यालयको माघ ९ गतेको निर्णय अनुसार यसपटक स्याङ्जाका चार, पर्वतका चार र नवलपुर ९बाग्लुङ सुर्खेत पूर्व० को एक गरी जम्मा ९ वटा सहकारीको दर्ता खारेज गरिएको छ ।
निष्क्रिय सहकारीहरुलाई गत असार १५ गते ३५ दिने सार्वजनिक सूचना जारी गरी अद्यावधिक गर्न आह्वान गरिएको थियो। तर, अद्यावधिक नगरेका मध्ये ९ वटा यसपटक खारेज गरिएको र केही सहकारी खारेजीको चरणमा रहेको सहकारी रजिष्ट्रार भेषराज रिजालले जानकारी दिए ।
रिजालका अनुसार बाग्लुङमा पनि लामो समयदेखि निष्क्रिय रहेका र अद्यावधिक नभएका सहकारीहरुलाई खारेज गर्ने तयारी भइरहेको छ । साथै, खारेज हुने सहकारीहरुको दायित्व बाँकी रहेमा सो दायित्व सहकारीका सञ्चालक तथा जिम्मेवार पदाधिकारीको जिम्मामा पर्ने व्यवस्था अनुसार प्रक्रिया अघि बढाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij