Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निकोलस, हर्क ,महेशलाई सोध्यो आयोगले स्पष्टीकरण

निकोलस, हर्क ,महेशलाई सोध्यो आयोगले स्पष्टीकरण

  • काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति विभिन्न क्षेत्रबाट उमेदवारी दिएका चारजनालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगले स्पष्टीकरण सोधेका उमेदवारमा नेपाली जनसेवा पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नम्बर–२ मा उठेका कमल भुसाल (निकोलस भुसाल), श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी–१ का उमेदवार हर्कराज राई (हर्क साम्पाङ) छन् ।

    AGNI GROUP

    यस्तै, नेपाल जनसेवा पार्टीका तर्फबाट भक्तपुर–२ मा उमेदवारी दिएकी जानुका पाठक (शोभा पाठक) र भक्तपुर–२ कै उमेदवार एवं नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    भुसाललाई ‘जेनजी’ आन्दोलनको ‘आइकोनिक’ जुत्ता चुनाव चिह्न भनेर प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । धरानका साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    पाठकले उमेदवारमाथि घृणाजन्य टिप्पणी गरेको, विभिन्न आरोप लगाएको विषयमा स्पष्टीकरण सोधिएको छ । बस्नेतले झापा–५ का उमेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)का विषयमा आपत्तिजनक टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट