Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेसी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहितका प्रतिवादीमाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरेको छ । कुनै अध्ययनविना टेरामक्स खरिदको निर्णय गरिएको, कानुनी पूर्वाधार नहुँदा पनि प्रणाली लागू गर्न खोजिएको र मिलेमतोमा बदनियतपूर्ण निर्णय गरिएको अख्तियारको आरोप छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij