Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय झन्डा बेर्ने कार्य नगर्न कांग्रेसको परिपत्र

राष्ट्रिय झन्डा बेर्ने कार्य नगर्न कांग्रेसको परिपत्र

  • काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय झन्डाको मर्यादित प्रयोग सुनिश्चित गर्न मातहतका पार्टी समितिलाई पाँच बुँदे परिपत्र जारी गरेको छ । उपसभापति विश्वप्रकाश शर्माले प्रदेश, जिल्ला तथा क्षेत्रीय समितिलाई परिपत्र गर्दै निर्वाचन प्रचार–प्रसारमा राष्ट्रिय झन्डा अधिकतम १० वटासम्म मात्र प्रयोग गर्न निर्देशन दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पाखुरा, कम्मर र घाँटीमा झन्डा बेर्नु झन्डाको अपमान हुने भन्दै पूर्ण रूपमा निषेध गरिएको छ । साथै कार्यक्रम स्थल, प्रचार कार्यालय वा सवारी साधनमा राष्ट्रिय झन्डा पार्टी झन्डा र चुनाव चिन्हभन्दा माथि फहराउनुपर्ने उल्लेख गरिएको छ । निर्वाचन आचारसंहिता र राष्ट्रिय सम्मानको पालना गर्न कांग्रेसले सबै पार्टी निकायलाई सचेत गराएको छ।

    AGNI GROUP

    यस्ता छन् परिपत्रमा शर्माले उल्लेख गरेका बुँदा : 

    १, आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झन्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्ने ।

    २, राष्ट्रिय झन्डालाई व्यक्तिको शिर भन्दा माथि हुने गरी सम्मानपूर्वक फहराउने ।

    (झन्डा झुकाउने प्रचलन, मृत्युपछिको शोकमा मात्रै हुन्छ भन्ने तथ्य हामीले हेक्का राख्न जरुरी छ)

    ३, उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झन्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुन्छ । त्यस्तो विल्कुलै नगर्ने/गर्न नदिने । (राष्ट्रिय सम्मानका साथ कसैको शव यात्रा गरिँदा या चितामा दागबत्ती दिनुअघि मृत व्यक्तिको शरीरमा झन्डा ओढाउने प्रचलन हुन्छ, त्यसको हेक्का राख्न जरुरी छ)

    ४, उम्मेदवार या प्रचारक कसैको पनि पाखुरा, कम्मर  या घाँटीमा ज्याकेट या मफलर जस्तो बनाएर झन्डा बेर्ने कार्यले झन्डाको सम्मान होइन अपमान हुन्छ, यस्तो विल्कुलै नगर्ने/गर्न नदिने ।

    ५, कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारी साधनमा राष्ट्रिय झन्डा फहराउँदा पार्टीको झन्डा र चुनाव चिन्ह भन्दा माथि फहराउने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट