Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चुनावी अभियानमा सर्लाही आइपुगे गगन

चुनावी अभियानमा सर्लाही आइपुगे गगन

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा आइपुगेका छन् । थापा सोमबार दिउँसो काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टीले प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरिसकेको थापालाई पुर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाही–रौतहट सीमामा पर्ने बागमती कर्मैयामा नेता कार्यकर्ताले स्वागत गरे ।

    AGNI GROUP

    स्वागतपछि थापा मुर्तियास्थित मुक्तेश्वर मन्दिर दर्शन गरेर  निर्वाचन क्षेत्र नम्बर–४ तर्फ प्रस्थान गरेका हुन् ।

    पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेश झरेका थापालाई मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, स्वास्थ्य मन्त्री जंगीलाल राय, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, जिल्ला सभापति डा.सरोज कुमार लगायतका हजारौंको संख्यामा नेता कार्यकर्ता भव्य स्वागत गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट