Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । विभागीय टोली एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा उपाधि दाबेदार चर्च ब्वाइज युनाइटेडले ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।
च्यासल रंगशालमा बिहीबार भएको खेलमा एपीएफका लागि युवराज खड्काले दुई तथा समिराज थोकर र प्रदिप लामाले एक-एक गोल गरे । चर्च ब्वाइजका लागि मिलन राईले एक गोल फर्काए ।
समिराजले २२औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । प्रदिपले ३८औं मिनेटमा एपीएफको अग्रता दोब्बर पारे । युवराज खड्काले ६०औं र ७७औं मिनेटमा गोल गरे । चर्च ब्वाइजका मिलन राईले ८२औं मिनेटमा एक गोल फर्काए ।
राष्ट्रिय लिगमा एपीएफसँगै लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसीले मात्र लगातार दुई खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ ।
दुई खेलबाट एपीएफसहित तीनवटै टिमले समान ६ अंक जोडेका छन् । लालिगुराँस र एपीएफले दुई खेल जित्दा समान ५ गोल गरेका छन् र १ गोल व्यहोरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij