Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । श्रीलंकाले इंल्यान्डविरुद्धको तीन खेलको एक दिवसीय सिरिजका लागि टोली घोषणा गरेको छ। बुधबार श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)ले चरित असलन्काको कप्तानीमम १७ सदस्य टोली घोषणा गरेको हो।
दुई टोलीबीच पहिलो खेल जनवरी २२ मा हुनेछ । दोस्रो जनवरी २४ र अन्तिम खेल जनवरी २६ मा हुनेछ। यी सबै खेल श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना हुनेछ।
यो सिरिजपछि दुई टोलीले पाँच खेलको टी-२० शृङ्खला पनि खेल्नेछ।
यस्तो छ टोलीः
चरित असालान्का (कप्तान), पाथुम निसान्का, कामिल मिश्रा, कुसल मेन्डिस, सदीरा समरविक्रम, पवन रथनायके, धनन्जया डी सिल्भा, जेनिथ लियानागे, कामिन्दु मेन्डिस, डुनिथ वेललागे, वानिन्दु हसरंगा, जेफ्री वान्डरसे, महेश थेक्सना, मिलन रथनायके, असिथा फर्नान्डो, प्रमोद मदुशन र इशान मालिंगा।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij