Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली महिला क्रिकेट टिम वार्मअप खेलमा अमेरिकासँग पराजित भएको छ ।
शुक्रबार सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।नेपालले दिएको १३७ रनको लक्ष्य पछाएको अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो । अब आईसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालीफायर अन्तर्गत आइतबारदेखि शुरु हुदैछ र नेपालले पहिलो खेल थाइल्याण्डविरुद्ध खेल्दैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij