Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

  • काठमाडौं । आज २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदैछ । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

    onlinepatrika
    Arghakhachi

    यसबर्ष ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेबारी’ भन्ने नाराका साथ भुकम्प सुरक्षा दिवस मनाउन लागिएको छ ।

    AGNI GROUP

    यस दिवसको मूल समारोहको कार्यक्रम काठमाडौं महानगरपालिका स्थित खुल्लामञ्चमा आयोजना गरिदैछ । आज वसन्तपुर क्षेत्रमा विभिन्न संस्थाहरुले लामवद्ध भई भूकम्प सुरक्षा र्‍यालीमा भाग लिनेछन् । वसन्तपुरबाट शुरु भएर उक्त र्‍याली आकाश भैरब, इन्द्रचोक, असन, भोटाहिटी हुँदै कार्यक्रम स्थल खुल्लामञ्चमा आइपुग्नेछ । र्‍याली पश्चात प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह समितिको कार्यक्रम आयोजना गरिनेछ ।

    वि.सं. १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाइँदै आइएको छ । उक्त दिन दिउँसो २स्२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले ठुलो जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट