Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । विशेष महाधिवेशनले गरेका निर्णयहरुको जानकारी सहितका दस्तावेजहरु गगन कुमार थापा नेतृत्वको नेपाली काँग्रेसले आज निर्वाचन आयोगमा बुझाएको छ ।
उक्त दस्तावेजहरु कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई लाई सभापति गगन कुमार थापाले हस्तान्तरण गर्नु भएको हो । त्यस अवसरमा पार्टी उपसभापति विश्वप्रकाश शर्मा समेतका नेताहरूको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस गगन विश्वप्रकाश समूहको केन्द्रीय कार्यसमितिको आजै ललितपुरमा बसेको बैठकले विशेष महाधिवेशनसँग सम्बन्धित दस्ताबेजहरु, निर्वाचन पछि चुनिएको नयाँ नेतृत्व समेतका विवरणहरु निर्वाचन आयोगमा बुझाएर पार्टीलाई अद्यावधिक गर्ने निर्णय गरेको थियो ।
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई निर्वाचित गरेको थियो । यद्यपी, शेर बहादुर देउवा सभापति रहेको नेपाली काँग्रेसले उक्त विशेष अधिवेशन अवैधानिक रहेको जिकिर गरिआएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij