Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फिफाको ‘कन्टेन पार्टनर’का रूपमा ‘टिकटक’ छनोट

फिफाको ‘कन्टेन पार्टनर’का रूपमा ‘टिकटक’ छनोट

  • काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आगामी विश्वकप’bout सम्झौता, मूल्य, टेन्डर प्रक्रिया वा अन्य प्रतिस्पर्धी बोलपत्रदाताको विवरण अहिलेसम्म सार्वजनिक गरेको छैन । यसअघि युट्युबले सन् २०२२ मा ‘कतार विश्वकप’का लागि सीमित प्रायोजन सम्झौता गरेको थियो । जसबाट ‘क्रियटर’का लागि विशेष पहुँच प्रदान ग¥यो ।

    onlinepatrika
    Arghakhachi

    फुटबलको शासित निकाय फिफाले आगामी ११ देखिजुन १९ जुलाईसम्म चल्ने पुरुष विश्वकपका लागि सामाजिक सञ्जाल भिडियो सामग्रीका लागि ‘टिकटक’लाई भने आफ्नो प्राथमिक ‘प्लेटफर्म’का रूपमा छनोट गरेको छ । यसअन्तर्गत ‘कन्टेन क्रियटर’ले ४८ टोलीको विश्वकपका लागि विशेष पहुँच प्राप्त गर्ने छन् । प्रतियोगिता संयुक्त राज्य अमेरिकामा ११, मेक्सिकोमा ३ र क्यानडामा २ गरी विभिन्न १६ सहरमा आयोजना हुँदै छन् ।

    AGNI GROUP

    फिफाका अनुसार विश्वकप प्रसारण अधिकार पाएका प्रसारकले ‘टिकटक’ एपमार्फत १०४ खेलका अंश ‘लाइभस्ट्रिम’ गर्न सक्षम हुने छन् । ‘टिकटक’का संयुक्त राज्य अमेरिकामा १७ करोडभन्दा बढी प्रयोगकर्ता छन् । यसका साथै ठूलो संख्यामा सिर्जनाकर्ताले फिफाको अभिलेख फुटेज प्रयोग गर्ने र सहकार्य गर्ने अवसर पनि पाउने भएका छन्।

    तालिकाअनुसार ब्राजिलले संयुक्त राज्य अमेरिकामा फ्रान्स र क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने छ । यस वर्षको विश्वकप तयारीको एक भागका रूपमा ब्राजिलियन फुटबल टोलीले संयुक्त राज्य अमेरिकामा फ्रान्स र क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने छ ।

    पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले आगामी १३ जुनमा मोरक्कोविरुद्ध विश्वकप अभियान सुरु गर्नेछ । त्यसपछि सो टोलीले ६ दिनपछि फिलाडेल्फियामा हाइटीको सामना गर्ने छ । ब्राजिलले २४ जुनमा फ्लोरिडाको मियामी गार्डेनमा स्कटल्यान्डविरुद्ध समूह चरणको अन्त्य गर्ने तालिका छ ।फिफाका अनुसार ब्राजिलियन टोलीले आगामी २६ मार्चमा म्यासाचुसेट्सको फक्सबरोमा फ्रान्सको सामना गर्नेछ । त्यसको पाँच दिनपछि फ्लोरिडाको ओर्लान्डोमा क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने फिफाले जनाएको छ ।

    त्यस्तै, क्रोएसियाले २६ मार्चमा ओर्लान्डोमा कोलम्बिया र २९ मार्चमा मेरील्यान्डको ल्यान्डओभरमा फ्रान्सको सामना गर्नेछ । यी मैत्रीपूर्ण खेल युनिफाइड इभेन्ट्स, फ्लोरिडा सिट्रस स्पोट्र्स, पिच इन्टरनेसनल, लायन्स स्पोट्र्स एन्ड मिडिया र कार्डेनास मिडिया नेटवर्कद्वारा आयोजना गरिँदै छन् ।

    यसैबीच, भारतीय फुटबल प्रशासनिक अराजकता, आर्थिक संकट र लिगको भविष्य’bout प्रश्नबीच गुज्रिइरहेको छ । दिल्लीमा आइतबार ‘फिफा विश्वकप ट्रफी’भ्रमणसमेत सुरु भएको असामान्य समय र परिस्थितिबीच पनि सामाजिक सञ्जाल र फुटबल प्रशंसकको ध्यान आकर्षित गरिरहेको छ । सन् २०२६ फिफा विश्वकपअघि तीन दिने भ्रमणका लागि मूलट्रफी भारत आइपुगेको हो ।

    भारतका केन्द्रीय खेलकुदमन्त्री मनसुख मांडवीय, एआईएफएफ अध्यक्ष कल्याण चौबे र ब्राजिलियन विश्वकप विजेता गिल्बर्टो सिल्भा ट्रफी अनावरण समारोहमा उपस्थित थिए । १२ वर्षअघि विश्वकप ट्रफी पहिलेपटक भारत भ्रमणमा ल्याइएको थियो, तर यसपटक वातावरण उत्सवभन्दा आलोचनाले भरिएको छ । दिल्लीपछि ‘फिफा ट्रफी’ आसामको गुवाहाटीमा प्रदर्शन गरिने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट