Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा एकता दिवसको अवसरमा आज चियापान कार्यक्रम आयोजना गर्दैछ ।
राप्रपाले बिहान १०:३० बजे भृकुटीमण्डपमा जम्मा भएर पृथ्वी शालिकमा जाने र १ बजेदेखि ४ बजेसम्म भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम आयोजना गरेको छ ।
राप्रपाले चियापान कार्यक्रमका लागि प्रधानमन्त्री सुशिला कार्कीसहित प्रमुख दलका नेताहरुलाई पनि आमन्त्रण गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij