Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्कटल्यान्डसँगको अभ्यास खेलमा नेपाल पराजित

स्कटल्यान्डसँगको अभ्यास खेलमा नेपाल पराजित

  • काठमाडौं । आईसीसि महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि भइरहेको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार दिउँसो सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनायो ।

    AGNI GROUP

    नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन बनाइन् । कविता कुँवरले अविजित २९ रन बनाइन् । कप्तान इन्दु बर्माले २८ तथा कविता जोशीले २२ रन बनाइन् ।

    स्कटल्यान्डका लागि डार्शी कार्टरले ३ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले १-१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । क्याथरिन ब्रिसले २८ बलमाअविजित ६२ रन बनाएर रिटायर भइन् । प्रियानाज चटर्जीले अविजित ४० रन बनाइन् ।

    नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले २-२ विकेट लिइन् भने रिया शर्मा र रचना चौधरीले १-१ विकेट लिए ।

    नेपालले स्कटल्यान्डसँग मुख्य प्रतियोगितामा पनि खेल्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट