Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चलचित्र विधेयकको दफावार छलफल सकियो

चलचित्र विधेयकको दफावार छलफल सकियो

  • काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्रसम्बन्धी विधेयकको दफावार छलफल सकिएको छ । समितिको बुधवार बसेको बैठकपछि दफावार छलफल सकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    समिति सभापति तुलसाकुमारी दाहालले चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८१ माथि दफवार छलफल सकिएर मस्यौदा प्रतिवेदन तयारीको काममा लागेको जानकारी दिइन् । उनले मस्यौदा प्रतिवेदनको बाँकी काम पनि छिट्टै तयार पारेर अर्को बैठकमा मस्यौदामाथी छलफल गर्ने बताइन् ।

    AGNI GROUP

    उनले प्रतिवेदन तयार पारी अब बस्ने राष्ट्रिय सभामा पेस गर्नेगरी तयारी थालेको पनि जानकारी दिइन् ।  संसोधनकर्ता सांसद, सरोकारवालाहरुको सुझाव सबैलाई समेटेर मस्यौदा प्रतिवेदन बनाइने जानकारी दिइन् । उनले सेन्सर बोर्डको नाम परिवर्तन गरेर प्रमाणीकरण गर्ने समिति राखिएको बताइन् । तर त्यो समितिको अध्यक्ष को हुने भन्ने विषय भने टुंगोमा नपुगेको बताइन्।

    समितिको अध्यक्षमा बाहिरबाट विज्ञ व्यक्ति ल्याउने भन्नेमा सबैको जोड रहेकोले मस्यौदामा सोहीअनुसार भएको तर कस्तो व्यक्तिलाई बनाउने, सिफारिस कसले गर्ने भन्ने विषय भने छलफल गर्न बाँकी रहेको उनले जानकारी दिइन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट