Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रमअन्तर्गत नेपालमा रहेको विश्वकप ट्रफी पोखरा पुर्याइएको छ ।
ट्रफी पोखरा क्रिकेट मैदानमा प्रदर्शनमा लगिएको थियो भने त्यहाँबाट फेवातालमा लगिएको छ । ट्रफी केहीबेर प्रदर्शनमा राखेर आजै काठमाडौं ल्याइनेछ ।
बुधबारसम्म आयोजना हुने ट्रफी टुरअन्तर्गत काठमाडौंको वसन्तपुरमा आजै ट्रफी प्रदर्शन गरिने कार्यक्रम छ भने बुधबार बौद्धमा लगेर प्रदर्शन गरिनेछ ।
यसअघि सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा अनावरण गरिएको ट्रफी साँझ नेपाल क्रिकेट संघ ९क्यान०ले पुरुष टिमको विश्वकप जर्सी सार्वजनिक गर्ने कार्यक्रममा पनि प्रदर्शन गरिएको थियो । टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन् ।
नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो । टी-२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याइएको हो ।
डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज ९राम सेतु० माथिबाट औपचारिक रूपमा ट्रफी टुर सुरु गरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij