Jun 04 2026 | २०८३, जेठ २१ गते
ओखलढुंगा । ओखलढुंगामा एकै रात दुई फरक स्थानमा भएको चक्कु प्रहार र लुटपाटको घटनाले जिल्लालाई स्तब्ध बनाएको छ । घटनामा एक महिलाको ज्यान गएको छ भने दम्पती घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुंगाका २८ वर्षीय मलिन भन्ने संगम राई , सोहि जिल्लाका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक राई रहेका छन
प्रहरीका अनुसार माघ १५ गते राति सिद्धिचरण नगरपालिका–४ मा सन्तकुमारी कटुवालको चाकु प्रहार गरी हत्या गरी लुटपाट गरिएको थियो । सोही रात सिद्धिचरण नगरपालिका–६ भैंसेमा सोभिमान थापा मगर र रत्न माया थापा मगरमाथि पनि चक्कु प्रहार गरी नगद तथा सामग्री लुटिएको थियो ।
घटनापछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले अनुसन्धान तीव्र पारेको थियो ।
पक्राउ परेकाहरूबाट घटनामा प्रयोग गरिएको चक्कु, मोबाइल फोन, नगद रकम र अन्य सामग्री बरामद गरिएको छ । उनीहरूलाई कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij