Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा आइपुगेको छ ।
भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटको ट्रफी सोमबार राष्ट्रपति निवासमा प्रदर्शन गरिएको हो । ट्रफी टुरअन्तर्गत ट्रफीलाई नेपाल ल्याइएको हो ।
ट्रफी प्रदर्शनमा राष्टपति रामचन्द्र पौडेल, नेपाल क्रीकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, इन्दु बर्मा, प्रशिक्षक स्टुआर्ट ल र हर्षल पाठक सहभागी भए ।
विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुँदैछ । उक्त विश्वकपमा नेपाल पनि सहभागी हुनेछ । नेपालले तेस्रोपटक टी-२० विश्वकप खेल्दैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij