Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै, यस्तो छ कारण

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै, यस्तो छ कारण

  • काठमाडौं । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार निर्वाचन आयोग जाँदै छन् । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

    लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।

    ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् । त्यसैले उनले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहेका छन् । यसै सन्दर्भमा चुनावका कार्यक्रमलगायत विषयमा आयोगको ध्यानाकर्षण गराउन उनी आयोग पुग्न लागेको स्रोतले जनाएको छ । बिहान ११ बजे ओली आयोग जाने तयारी छ । कान्तिपुर दैनिकमा खबर छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij