Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली सम्मानित

काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली सम्मानित

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीलाई सम्मान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार आयोजित विशेष समारोहमा टोलीलाई पहिलो महिला टि२० दृष्टिविहीन विश्वकप क्रिकेट २०२५ मा उपविजेता बनेको अवसरमा सम्मान गरिएको हो । उक्त प्रतियोगिता कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो ।

    AGNI GROUP

    सम्मान कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडा अध्यक्ष रामकुमार केसीले खेलकुदमा समर्थन जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले भने, ‘हरेक खेलकुदलाई हामीले सहयोग गर्दै आइरहेका छौं। खेलाडीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता छ । हाम्रो महिला खेलाडीहरूले क्रिकेटमा धेरै प्रगति गरेका छन् र देशको प्रतिष्ठा बढाएका छन् । यसैले आज हामीले सम्मान गर्दै कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।’

    समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समेत उपस्थित थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट