Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विभागले एउटा फर्मलाई तिरायो जरिवाना, कतिवटालाई दियो निर्देशन ?

विभागले एउटा फर्मलाई तिरायो जरिवाना, कतिवटालाई दियो निर्देशन ?

  • काठमाडौं । नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विभागका अनुसार काठमाडौंका विभिन्न स्थानमा गरेको अनुमगनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ ।

    AGNI GROUP

    उग्रचण्डी खाद्यान्न स्टोरलाई २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ क बमोजिम कारबाही गरिएको हो ।

    यस्तै, निकन्टिनेन्टल प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवालाको समेत सहभागितामा नियमित बजार अनुमगन गर्दै बजारमा स्वच्छता कायम गर्न पहल गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट