Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरबाट ७ लाख नगदसहित ७ जना जुवाडे पक्राउ

ललितपुरबाट ७ लाख नगदसहित ७ जना जुवाडे पक्राउ

  • काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले ७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ  । जुवा खालबाट ७ लाख ६७ हजार ४७० रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए । 

    onlinepatrika
    Arghakhachi

    खोटाङ घर भएर ठैवमा बस्ने २९ वर्षीय सङ्गीता कार्कीको डेरामा प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरी टोलीले छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    पक्राउ पर्नेमा जुवा खाल सञ्चालक सङ्गीता कार्की,  युगनेशराज पुरी, भुईँ देउला, विजय खत्री, काले तामाङ, गणेश ठकुरी र रामराजा कुमाल छन् । जुवाडेहरूको ५ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट