Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन सकेन- उपाध्यक्ष पौडेल

सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन सकेन- उपाध्यक्ष पौडेल

  • काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको आरोप लगाएका छन्। दलहरुको विकल्प दलहरु मात्र हुन सक्छ भन्दै उनले दलहरुलाई निषेध गरेर निर्वाचन हुन नसक्ने बताए ।

    onlinepatrika
    Arghakhachi
    रिटर्नी फेडेरेसन नेपालको स्थापना दिवसको अवसरमा देशमा राजनीतिक स्थायित्व , सुशासन र समृद्धिमा एमालेको नीति र रिटर्नीको भूमिका विषयमा आयोजित नीति संवादमा पौडेलले विदेशबाट फर्केकाहरुको सीप र पुँजीलाई एकीकृत गरेर देश विकासमा लगाउनुपर्ने बताए ।

    नवयुग ईन्भेस्टमेन्ट जस्ता कम्पनी खोलेर रिटर्नी फेडेरेसनले सातै प्रदेशमा उदाहरणीय काम गर्न उनले आग्रह गरे। उनले सही नीति र नेतृत्वले मात्र देश समृद् बन्ने बताए।

    AGNI GROUP

    फेडेरेसन निवर्तमान ईन्चार्ज डा. कृष्ण बहादुर केसीले रिटर्नी ठोस कार्यक्रम सहित पार्टीमा आउनु पर्ने धारणा राखे। हार र जीतको मानसिकताबाट माथि उठेर पार्टी एकतामा लाग्न आग्रह गरे। केसीलाई संगठनलाई महत्वपूर्ण योगदान पुऱ्याएकोमा सम्मान गरिएको छ।

    एमाले केन्द्रिय कमिटी सदस्य माधव ढुंगेलले विषयगत प्रस्तुती गर्दै छोटो समयमा फेडेरेसनले पार्टीमा आफ्नो परिचय निर्माण गरेको बताए । राजनीतिक स्थायित्व विना देश समृद्ध नहुने धारणा राख्न भयो। ५ वर्षे स्थायी सरकारले मात्र विकास निर्माणको खाका कोर्न सक्ने उनको भनाइ थियो ।

    प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी का निवर्तमान अध्यक्ष तथा र एमाले केन्द्रिय सदस्य संजय थापाले आफूलाई चित्त नबुझेको कुरा व्यक्त गर्ने ठाउँ सामाजिक सञ्जाललाई नबनाउन आग्रह गरे। महासचिव खेम कार्कीको संचालन, निवर्तमान महासचिव जे पी सापकोटाले स्वागत मन्तव्य दिनु भएको थियो भने फेडेरेसनका उपाध्यक्ष जितेन्द्र बानियाँले पार्टीको नीति र फेडेरेसनको भूमिका संबन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए।

    bishnu-1.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij