Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हुन्डाई मोटर कम्पनीको ५७औँ वार्षिकोत्सव मनाइयो

हुन्डाई मोटर कम्पनीको ५७औँ वार्षिकोत्सव मनाइयो

  • काठमाडाैं । हुन्डाई मोटर कम्पनीले नवप्रवर्तन, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत भविष्यको मोबिलिटीलाई आकार दिँदै आएको ५७ वर्ष पूरा गरेको छ । सन् १९६७ मा स्थापना भएको हुन्डाई आज विश्वव्यापी रूपमा विश्वासिलो अटोमोबाइल ब्रान्डका रूपमा स्थापित भई २०० भन्दा बढी देशमा आफ्ना सवारी साधन तथा मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्थापनाकालदेखि नै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधान प्रदान गर्दै आएको हुन्डाईले स्मार्ट, सुरक्षित र जिम्मेवार यातायात विकासप्रति आफ्नो प्रतिबद्धता निरन्तर कायम राखेको जनाएको छ । ५७औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले विश्वभर अझ राम्रो मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित आगामी दिनमा थप नवीन पहलहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    AGNI GROUP

    नेपालमा हुन्डाईको आधिकारिक वितरकका रूपमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि सन् २००९ फेब्रुअरीदेखि कार्यरत छ । वितरकत्व प्राप्त गरेयता कम्पनीले हुन्डाईका विभिन्न मोडेल आयात, बिक्री तथा सेवा प्रदान गर्दै देशभर सशक्त अफ्टर–सेल्स सञ्जाल र दक्ष प्राविधिक टोलीमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

    नेपालभर रहेका करिब ४५ हजार हुन्डाई ग्राहकसँगको सम्बन्ध थप सुदृढ बनाउन ‘हुन्डाई परिवार’ कार्यक्रम सञ्चालन गरिएको छ । विभिन्न क्षेत्रका अग्रणी ब्रान्डहरूसँग सहकार्य गरी सुरु गरिएको यस कार्यक्रममार्फत ग्राहकलाई विशेष सुविधा, मूल्य–अभिवृद्धि सेवा तथा प्रिमियम अनुभव प्रदान गरिँदै आएको छ ।

    दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउँदै हुन्डाई नेपालले मे २०२४ मा नेपालमै सवारी साधन एसेम्बली प्लान्ट स्थापना गरेको छ । यस कदमलाई स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नेपालको अटोमोबाइल उद्योगको विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

    ‘प्रोग्रेस फर ह्युम्यानिटी’ भन्ने विश्वव्यापी दृष्टिकोणअनुसार हुन्डाई नेपालले आगामी दिनमा पनि स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधानमार्फत ग्राहकका दैनिकीलाई सहज बनाउँदै दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट