Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्य

इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्य

  • काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय दमकल विभागका प्रमुख जिमी रोतिन्सुलुले आगलागी आइतबार राति करिब ८:३० बजे सुरु भएको र धेरै वृद्ध बासिन्दा आफ्नो कोठामा विश्राम गरिरहेका बेला घटना भएको थियो ।

    AGNI GROUP

    उद्धार टोलीले १२ जनालाई सुरक्षित उद्धार गरी स्थानीय अस्पतालमा पठाएको छ । स्थानीय सञ्चार माध्यमले देखाएको भिडियोमा आगोले भवनलाई व्यापक रूपमा ढाकेको देखिन्छ र स्थानीयहरूले वृद्ध बासिन्दालाई बाहिर निकाल्न प्रयास गरेका थिए ।

    अधिकारीहरूले मृतकहरूको पहिचान प्रक्रिया सुरु गरेको बताएका छन् भने परिवारसँग समन्वय गरी थप विवरण सार्वजनिक गरिने बताइएको छ ।

    इन्डोनेसियामा पछिल्लो समय आगलागी घटनाहरू बढिरहेका छन्स यसै महिनामा राजधानी जकार्तामा सात तले कार्यालय भवनमा आगो लाग्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सन् २०२३ मा निकेल प्रशोधन कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij