Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अष्ट्रेलिया र इङ्ग्ल्याण्डको टेस्टमा तोडियो ११६ वर्षदेखि कायम रहेको रेकर्ड

अष्ट्रेलिया र इङ्ग्ल्याण्डको टेस्टमा तोडियो ११६ वर्षदेखि कायम रहेको रेकर्ड

  • काठमाडौं । अष्ट्रेलिया विरुद्धको एशेज शृंखलामा इङ्ग्ल्याण्ड फेरि एकपटक समस्यामा परेको देखिएको छ । मेलबर्न क्रिकेट मैदानमा भएको चौथो टेस्टको पहिलो दिन इङ्ग्ल्याण्ड केवल ११० रनमा अलआउट भएको छ ।

    onlinepatrika
    Arghakhachi

    खेलको पहिलो दिन कुल २० विकेट झरेका छन् । यो ११६ वर्षमा एशेज शृङ्खलाको पहिलो दिन गुमेको सबैभन्दा धेरै विकेट संख्या हो । यसअघि ११६ वर्षअघि सोही शृङ्खलाको पर्थ टेस्टको पहिलो दिन १९ विकेट झरेका थिए ।

    AGNI GROUP

    अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले खेलअघि भविष्यवाणी गरेका थिए – पिचमा रहेको १० मिलिमिटर लामो घाँसले ब्याट्सम्यानहरूका लागि चुनौती खडा गर्नेछ र उनीहरू अत्यन्तै सतर्क रहनुपर्नेछ । स्मिथको भनाइ सही साबित भयो ।

    पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४५.२ ओभरमा १५२ रनमै अलआउट भयो । त्यसपछि ब्याटिङ गर्न आएको इङ्ग्ल्याण्ड पनि पिचमा टिक्न असफल भयो ।

    इंग्ल्याण्डको टोली २९.५ ओभरमा ११० रनमा अलआउट भयो । टेस्ट इतिहासमा यो तेस्रो पटक हो जब कुनै खेलको तेस्रो इनिङ पहिलो दिनमै सुरु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट