Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज नेपाल क्रिकेट संघ (क्यान)लाई औपचारिक रूपमा आफ्नो राजीनामा पत्र बुझाएका छन्।
कटुवालले राजीनामा पत्रमा नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्न पाउनु आफूलाई “ठुलो सम्मान र सौभाग्य” को अनुभूति भएको उल्लेख गरेका छन्।
उनले आफ्नो कार्यकाललाई व्यावसायिक यात्राका सबैभन्दा अर्थपूर्ण अध्यायहरूमध्ये एक भन्दै टोली, प्रशिक्षक सहयोगी कर्मचारी, खेलाडी र सबै सरोकारवालालाई सहयोग र समर्थनका लागि धन्यवाद दिएका छन्।
उनले आफ्नो कार्यकालमा अनुशासन, मानसिक सुदृढीकरण र महिला क्रिकेटको दीर्घकालीन विकासतर्फ योगदान पुर्याएको विश्वास व्यक्त गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij