Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

  • काठमाडाैँ । जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले भारतको कोलकातामा भएको नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, १ रजत र १ कांस्य गरी ११ पदक जितेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पुम्सेमा रोजेन प्रजापति र मुविक्क्षा गजुरेलले स्वर्ण तथा वितिशा तामाङले रजत जितेको डोजाङका प्रमुख समेत रहेका टोली प्रमुख राजेश प्रजापतिले जनाएका छन् । गेरोगीमा अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्घा मगर, अनमोल थापा मगर, सुप्रिया जोशी, राजीव गुरुङ र मुविक्क्षा गजुरेलले स्वर्ण तथा राहुलहाङ लिम्बूले कांस्य हात पारे ।

    AGNI GROUP

    उक्त प्रतियोगितामा अन्जित राई टिम प्रशिक्षक तथा भरत कारन्जित र सञ्जयध्वज जोशी अफिसियलका  रुपमा सहभागी भएका थिए । प्रतियोगिता भारतको कोलकातास्थित विश्व बंगला कन्भेन्सन सेन्टरमा डिसेम्बर २१ देखि २३ तारिखसम्म भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट