Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं प्रशासनमा टोकनबाट सेवा सुरु

काठमाडौं प्रशासनमा टोकनबाट सेवा सुरु

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबारदेखि टोकन प्रणालीमार्फत सेवा प्रवाह सुरु गर्दै प्रशासनिक सुधारको नयाँ अध्याय थालनी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    भदौ २३ र २४ गतेको ‘जेन-जी आन्दोलन’का क्रममा बबरमहलस्थित प्रशासन कार्यालयमा भएको आगजनीपछि अस्थायी रूपमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको भवनबाट सेवा दिइरहेको प्रशासनले करिब दुई महिनापछि सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै टोकन प्रणाली पूर्णरूपमा लागू गरेको हो ।

    AGNI GROUP

    आइतबार र सोमबार परीक्षणका रूपमा सञ्चालन गरिएको टोकन प्रणाली मङ्गलवारदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्ति रिजालले जानकारी दिए ।

    उनका अनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्टलगायत सबै प्रमुख सेवामा अब टोकन प्रणाली लागू गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेलका अनुसार टोकन प्रणाली केवल कागजी सुधार नभई प्रशासन कार्यालयभित्रको पब्लिक अनाउन्समेन्ट सिस्टम (पीएस) को अभिन्न अङ्ग हो । ‘यो प्रणाली लागू भएपछि सेवाग्राही अन्योलमा पर्नु पर्दैन । सबै कुरा पब्लिक अनाउन्समेन्टमार्फत स्पष्ट हुन्छ,’ पौडेल भन्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट