Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एपीएफको संघर्षपूर्ण जित

एपीएफको संघर्षपूर्ण जित

  • काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले एन्फा यू–१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको छ । 

    onlinepatrika
    Arghakhachi

    मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एपीएफलाई जित दिलाउन समर गोसाईले दुई गोल गरे । असिम खड्काले एक गोल गरे । जवाफमा प्लानिङका प्रशान्त तामाङ र ओम खड्काले समान एक गोल फर्काए । 

    AGNI GROUP

    खेलको नवौँ मिनेटमा समरले एपीएफलाई अग्रता दिलाए । २५औँ मिनेटमा समरले अग्रतालाई दोब्बर बनाए । २६औँ मिनेटमा असिमले गोल गर्दै अग्रतालाई ३–० को स्थितिमा पुर्‍याए । 

    ३१औँ मिनेटमा प्लानिङका प्रशान्तले टोलीको निम्ति एक गोल फर्काए । ९०औँ मिनेटमा ओमले गोल गर्दै प्लानिङलाई ३–२ को स्थितिमा फर्काएका थिए । 

    जितसँगै एपीएफले ३८ अंक जोडेको छ । एपीएफले २४ खेल खेल्दा ११ जित, पाँच बराबरी र आठ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित प्लानिङ भने ११ अंकमा सीमित छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट