Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन पुगेर तारेख लिएका छन् । मंगलबार उनी सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना प्रकरणमा जिल्ला अदालतमा पुगेर तारेख लिएका हुन् ।
सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा थुनामा रहेका लामिछाने पुस ३ मा रिहा भएका थिए ।
चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन आफ्नो पार्टी अघि बढिरहेको बताए ।
चितवनबाट तारेख लिएर उनी रुपन्देही जिल्ला अदालततर्फ लागेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij