Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरको खेल तालिका सार्बजनिक

आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरको खेल तालिका सार्बजनिक

  • काठमाडौँ । नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरको खेल तालिका सार्बजनिक भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जनवरी १४ देखि फेब्रुअरी १ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी–२० विश्वकपमा छनौट हुनेछन् ।

    AGNI GROUP

    ग्लोबल क्वालिफायरमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रहेका छन् ।

    नेपालले पहिलो खेल थाइल्याण्डविरुद्ध जनवरी १८ मा खेल्ने छ भने दोस्रो खेल जनवरी २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ । त्यस्तै नेपालले तेस्रो खेल जनवरी २४ मा जिम्बाबेविरुद्ध र जनवरी २६ मा चौथो खेल स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

    यस अघि नेपालले आयरल्याण्ड र अमेरिकासँग वार्मअप खेल खेल्ने छ । प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान र अपर मुलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट