Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

  • काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने रु तीन खर्ब छ अर्ब एक करोड मूल्यबराबरका सामान भित्रिएको थियो ।

    AGNI GROUP

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताउनुभयो । चालु आवको पाँच महिनामा रु ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ भित्रिएको छ । त्यसैगरी, रु ३१ अर्ब ६५ करोडको फलाम तथा फलामबाट बनेका सामान भित्रिएका छन् ।

    रु २४ अर्ब ६० करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन्भने रु २२ अर्ब ८५ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट