Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि लामिछानेको टिप्पणी- ओलीले लगाएको गुन तिर्न अदालत धाउदैछु

रवि लामिछानेको टिप्पणी- ओलीले लगाएको गुन तिर्न अदालत धाउदैछु

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न अदालतमा धाइरहेको प्रतिक्रिया दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीले एक अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् ।

    AGNI GROUP

    लामिछानेले भने, ‘गुन लाइदिनु भएको छ नि केपी ओलीजीले, खुब गुन लगाए भन्नु भएको थियो, त्यहि उहाँले लगाएको गुन तिर्न आएको छ । सात दिन भित्र बाँकी सबै अदालतमा हाजिर गर्नुपर्ने हुन्छ । दौडा दौड यस्तै चलिरहेको छ । विष शरीर भित्र बाँकी नै छ ।' 

    एक अन्तर्वार्ताका क्रममा एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई आफूले विगतमा ठुलो गुन लगाएको तर लामिछानेले आफूसँग अनावश्यक दुश्मनी गरेको टिप्पणी गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट