Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भक्तपुरमा साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ

भक्तपुरमा साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ

  • काठमाडौं । भक्तपुर आफूसँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका- ३ घर भएका २७ वर्षीय याखा राई भन्ने सञ्जीव राई छन् ।

    onlinepatrika
    Arghakhachi

    भक्तपुर नगरपालिका- ३ वंशगोपाल डेगोमनास्थित निर्माणाधीन घरमा ज्यामी काम गरी बस्ने उदयपुर घर भएका ३५ वर्षीय पूर्ण ठकरीको हत्या गरेको अभियोगमा उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    उनीहरू दुवै जना सोही निर्माणाधीन घरमा ज्यामी काम गर्दै आएका थिए ।

    सञ्जीवले कुटपिट गर्दा पूर्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर समेतबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका- १ सल्लाघारीबाट पक्राउ गरेको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij