Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले जिरोनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले जिरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा कोके, कोनोर गल्लाघेर र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए ।
यो जितपछि एटलेटिको म्याड्रिडको १८ खेलमा ३७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी जिरोनाको १७ खेलमा १५ अंक रहेको छ र लिगमा १८औं स्थानमा झरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij