Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आर्थिक सुधारको संकेत: पुँजीगत लाभकर ४० अर्ब नजिक

आर्थिक सुधारको संकेत: पुँजीगत लाभकर ४० अर्ब नजिक

  • काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बरले वृद्धि भएको छ । 

    onlinepatrika
    Arghakhachi

    आन्तरिक राजश्व विभागका अनुसार चालु आर्थिक वर्षमा पुँजीगत लाभकरबाट ४० अर्ब ११ करोड रुपैयाँ संकलन भएको छ, जब कि आर्थिक वर्ष २०८०/०८१ मा यो संकलन २२ अर्ब रुपैयाँ मात्र थियो ।

    AGNI GROUP

    कर संकलनमा देखिएको यो उल्लेख्य वृद्धिलाई अर्थतन्त्र क्रमशः सुधारतर्फ उन्मुख हुँदै गएको संकेतका रूपमा लिइएको छ । आय आर्जनका सबै स्रोतलाई आयकरको दायरामा ल्याउँदै करको आधार विस्तार गर्ने उद्देश्यले विसं २०५८ देखि पुँजीगत लाभमा कर लगाउन थालिएको हो, जुन व्यक्तिगत तथा संस्थागत दुवै तहमा लागू हुँदै आएको छ ।

    पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा पुँजीगत लाभकर संकलनमा उतार–चढाव देखिएको छ । आ.व. २०७७/०७८ मा यस शीर्षकमा २९ अर्ब ३१ करोड रुपैयाँ संकलन भएको थियो भने आव २०७८/०७९ मा यो केही बढेर ३० अर्ब रुपैयाँ पुगेको थियो । तर आ.व. २०७९/०८० मा भने झन्डै आधाले घटेर १६ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको थियो ।

    आन्तरिक राजश्व विभागको वार्षिक प्रतिवेदन अनुसार उक्त अवधिमा पुँजीगत लाभकर संकलनमा ठुलो गिरावट आउनुका प्रमुख कारणमा रुस–युक्रेन युद्धको प्रभाव, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी मुद्रा सञ्चितिमा आएको दबाब रहेका छन् । विदेशी मुद्रा सञ्चिति जोगाउन सरकारले अपनाएका आयात नियन्त्रणसम्बन्धी नीतिगत उपायका कारण आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजार र घरजग्गा कारोबारमा गिरावट आएको थियो, जसले पुँजीगत लाभकर संकलनमा नकारात्मक असर पारेको प्रतिवेदनमा उल्लेख छ ।

    हाल भने आर्थिक गतिविधिमा क्रमिक सुधार देखिन थालेसँगै सेयर तथा घरजग्गा कारोबारमा पुनः गति आएको छ । यसैको प्रत्यक्ष प्रभाव पुँजीगत लाभकर संकलनमा देखिएको आन्तरिक राजश्व विभागको निष्कर्ष छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट