Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वैभवीलाई भारतको कालिम्पोङमा तीन स्वर्ण

वैभवीलाई भारतको कालिम्पोङमा तीन स्वर्ण

  • काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी  छिन् । खेलमा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक तिनै विधामा स्वर्ण पदक जितेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    भारतको पश्चिम बंगाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन् । त्यसैगरी वैभवीले पुम्से र स्पीड किक बिधामा पनि स्वर्ण पदक जितेकी छन् ।

    AGNI GROUP

    प्रतियोगिता अल इण्डिया तेक्वान्दो फेडरेसन र युनाइटेड एमेच्योर तेक्वान्दो एकेडेमी भारतको साथमा त्यहाँको प्रतिष्ठित दुर्गाज तेक्वान्दो एसोसिएसनले हरेक वर्ष आयोजना गर्ने गर्दछ । यस प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने वैभवी एकमात्र खेलाडी बनेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट