Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माछापुच्छ्रे एसआईपी योजनाको इकाई बाँडफाँड सम्पन्न

माछापुच्छ्रे एसआईपी योजनाको इकाई बाँडफाँड सम्पन्न

  • काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवद्र्घक तथा माछापुच्छ्रे क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एाबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बाँडफाँड भएको छ ।

    onlinepatrika
    Arghakhachi

    गत मंसिर १४ गतेदेखि १७ गतेसम्म निष्कासन गरिएको यो योजना पुस १ गते बाँडफाँड गरिएको हो । उक्त योजनाको बीज पुँजी सहित प्रतिइकाई अंकित मूल्य रु. १० दरको २ करोड इकाई निष्कासन गरिएको थियो ।

    AGNI GROUP

    कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्धक र योजना व्यवस्थापकलाई छुट्टाइएको थियो । जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकार्य माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको थियो ।

    उक्त अवधिभर निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईका लागि आवेदन पर्न आएकोले आवेदनहरुको प्रशोधन गरी योग्य आवेदकहरुलाई बीज पूँजीसहित बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक माछापुच्छ्र्रे क्यापिटलले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट