Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतीय दुई अनक्याप्ड खेलाडी प्रशान्त र कार्तिकमाथि आइपीएल अक्सनमा पैसाको बर्षा

भारतीय दुई अनक्याप्ड खेलाडी प्रशान्त र कार्तिकमाथि आइपीएल अक्सनमा पैसाको बर्षा

  • काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को मिनी अक्सनमा अस्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रिन आईपीएल इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार अबुधाबीमा भएको मिनी-लिलामीमा उनलाई कोलकाता नाइट राइडर्सले २५.२० करोड भारुमा किनेको हो । ग्रिनले आफ्ना देशबासी मिचेल स्टार्कको रेकर्ड तोडेका थिए, जसलाई २०२४ मा कोलकोताले २४.७५ करोडमा किनेको थियो । आइपिएल इतिहासमा सबैभन्दा महंगा खेलाडी ऋषभ पन्त हुन् । उनलाई गत बर्षको अक्सनमा लखनउले २७ करोड भारुमा किनेको थियो ।

    AGNI GROUP

    आबुधाबीमा जारी अक्सनमा भारतीय दुई अनक्याप्ड खेलाडीलाई चेन्नई सुपर किंग्सले महँगो रकम खर्च गरेर किनेको छ । चेन्नईले २० वर्षीय प्रशान्त वीर र १९ वर्षीय कार्तिक शर्मालाई १४.२० करोड भारुमा किनेको छ ।

    दुवैको न्युनतम मुल्य ३० करोड रहेकोमा चेन्नईले अक्सनको प्रतिष्पर्धामा दुवैलाई १४.२-१४.२ करोडमा किनेको हो । प्रशान्त उत्तर प्रदेशका हुन् भने कार्तिक राजस्थानका हुन् ।

    यसबाहेक, जम्मू कश्मीरका आकिब नबी दारलाई दिल्ली क्यापिटल्सले ८.४० करोड भारुमा किनेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट