Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज आइपिएलको मिनी अक्सन

आज आइपिएलको मिनी अक्सन

  • काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं सिजनको लागि मिनी अक्सन आज हुदै छ । युएईको आबुधाबीमा हुने यो अक्सन नेपाली समय अनुसार आज दिउसो २: ४५ बजेदेखि शुरु हुने छ । 

    onlinepatrika
    Arghakhachi

    १० टोलीहरूको २३७.५५ करोड भारुको पर्स रहेको यस मिनी अक्सनमा ३५० खेलाडीहरूमाथि बोली लाग्ने छ । यस अक्सनबाट केवल ७७ जना खेलाडी मात्र टिमहरुले लिने छन् । 

    AGNI GROUP

    यस अक्सनमा ४० खेलाडीले उच्चतम आधार मूल्य २ करोड भारुमा आफ्नो नाम दर्ता गराएका छन् भने २२७ खेलाडीहरूले सबैभन्दा कम आधार मूल्य ३० लाखमा आफ्नो नाम दर्ता गराएका छन् । सूचीमा क्यामरुन ग्रीन, लियाम लिभिङस्टोन, स्टिभ स्मिथ, रवि बिश्नोई, वेंकटेश अय्यर, मथिशा पाथिराना र वानिन्दु हसरंगा जस्ता खेलाडी यस सूचीमा समावेश रहेका छन् ।

    अक्सन सूचीमा अफगानिस्तान, अष्ट्रेलिया, इङ्गल्याण्ड, बंगलादेश, आयरल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्याण्ड्स, स्कटल्याण्ड र संयुक्त राज्य अमेरिकासहित १४ देशका विदेशी खेलाडीहरू दर्ता भएका छन् । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट