Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन अघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले ३५० खेलाडीलाई छनोट गरेको छ ।
१० टिममा ७७ खेलाडीका लागि स्थान खाली छन् । जसमा ३१ विदेशी स्लट पनि छन् ।
यसका लागि १,३५५ खेलाडीले दर्ता गरेका थिए । अक्सन १६ डिसेम्बर, मंगलबार २ः४५ बजे सुरु हुनेछ ।
डिकक पनि समावेश, पहिलो सूचीमा नाम थिएन
दक्षिण अफ्रिकी विकेटकिपर तथा ब्याट्सम्यान क्विन्टन डिककलाई पनि शर्टलिस्टमा राखिएको छ । पहिलाको प्रारम्भिक सूचीमा उनको नाम थिएन । तर एक फ्रेन्चाइजको सिफारिसपछि नाम समावेश गरिएको हो । हालै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास फिर्ता लिएर भारतविरुद्ध विशाखापट्टनममा शतक प्रहार गरेका थिए ।
३३ वर्षका डिककको बेस प्राइस यसपटक १ करोड रुपैयाँ राखिएको छ । गत मेगा अक्सनमा उनलाई २ करोडमा केकेआरले किनेको थियो, तर यसपटक रिलिज गरियो ।
उता, ३५० खेलाडीमध्ये ४० खेलाडीको बेस प्राइस २ करोड रहेको छ, जसमा वेंकटेश अय्यर र रवि बिश्नोई मात्र दुई भारतीय छन् ।
अक्सनको सुरुवात क्याप्ड खेलाडीबाट
अक्सनको सुरुवात क्याप्ड खेलाडीहरूबाट हुनेछ। यी पाँच क्याटेगरीमा बाँडिएका छन्—
ब्याट्सम्यान
अलराउन्डर
विकेटकिपर–ब्याटर
तेज बलर
स्पिनर
यसपछि यिनै क्याटेगरीका अनक्याप्ड खेलाडीहरूको पालो आउनेछ ।
पहिलो स्लटका ठूला नाम
पहिलो ब्याच (बीए१) ब्याट्सम्यानको हुनेछ, जसको अगुवाइ क्यामरून ग्रिनले गर्नेछन् । यसमा डेवोन कोन्वे, ज्याक फ्रेजर–म्याकगर्क, सरफराज खान, पृथ्वी श र डेभिड मिलर पनि छन् ।
दोश्रो ब्याच (एएल१) अलराउन्डरको हुनेछ, जसमा वेंकटेश अय्यरलाई राखिएको छ ।
एक्सिलरेटेड राउन्ड
७०औँ खेलाडी (अफगानिस्तानका वहीदुल्लाह जदरान) पछि एक्सिलरेटेड फेज सुरु हुनेछ । पछि ७१ देखि ३५० सम्म सबै खेलाडी छिटो–छिटो अक्सनमा आउनेछन् । त्यसपछि फ्रेन्चाइजहरूले पुनः अक्सनमा ल्याउन चाहेका खेलाडीहरूको नाम दिन सक्नेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij