Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विराटनगरले टस जित्यो, ब्याटिङ गर्दै सुदूरपश्चिम

विराटनगरले टस जित्यो, ब्याटिङ गर्दै सुदूरपश्चिम

  • काठमाडौं । जारी नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनको पहिलो क्वालिफायरमा विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा विराटनगरले बलिङ रोजेपछि अब सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्ने भएको छ ।

    AGNI GROUP

    सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । पहिलो सिजनमा छैँटौ स्थानमा यात्रा टुङ्ग्याएको विराटनगर जारी सिजनमा उपाधि दावेदारका रूपमा अघि बढिरहेको छ । 

    जारी एनपीएलमा सुदूरपश्चिम र विराटनगरबीचको यो दोस्रो भिडन्त हो । यसअघि शनिबार भएको लिग चरणको २६औँ खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । र यो सुदूरपश्चिमको पहिलो र एक मात्र हार थियो ।

    लगातार ६ खेलमा जित हासिल गरेको सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाइदियो । यसकारण पनि आजको खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । 

    सुदूरपश्चिम र विराटनगर दुवै जित हासिल गर्दै फाइनलमा स्थान पक्का गर्ने दाउमा छन् । यसैकारण पनि एकअर्काविरुद्ध आफ्ना उत्कृष्ट खेलाडी मैदानमा उतार्नेछन् । यसको उत्तर खेल सुरु हुनुअगाडि सार्वजनिक प्लेइिङ ११ ले अवश्य दिने नै छ । 

    तर, लिग चरणका ७ खेलमा दुवै टोलीका उत्कृष्ट खेलाडीहरूको प्रदर्शन हेर्दा, निम्न ६ खेलाडीहरू आफ्नो टिमलाई जिताउन महत्त्वपूर्ण  हुने देखिन्छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट