Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतीय राष्ट्रिय क्रिकेट टिमलाई आइसीसीको जरिवाना

भारतीय राष्ट्रिय क्रिकेट टिमलाई आइसीसीको जरिवाना

  • काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टिमलाई आइसीसीले जरिवाना गरेको छ । डिसेम्बर ३ मा रायपुरमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा भारतीय टोली नियम तोडेकोमा दोषी ठहरिएपछि आइसीसीले टोलीलाई जरिवाना गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    यस खेलमा ढिलो ओभर-रेट कायम राखेकोमा भारतीय टोलीलाई म्याच शुल्कको १० प्रतिशत जरिवाना गरिएको आइसीसीले जानकारी दिएको छ ।

    AGNI GROUP

    रायपुरमा भएको दोस्रो एकदिवसीय खेलमा भारतीय टोली दुई ओभर पछाडि थियो । कप्तान केएल राहुलले यो आरोप स्वीकार गरेका छन् यस विषयमा औपचारिक सुनुवाइको आवश्यकता नपरेको आसिसीले जनाएको छ ।

    रायपुर एकदिवसीय खेलमा भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो भने दक्षिण अफ्रिकी टोलीले चार विकेटले जित हासिल गरेको थियो । एकदिवसीय सिरिज भने भारतले २-१ ले जितिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट