Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एनएसए पौडी च्याम्पियनसिपको उपाधी आर्मी क्लबको पोल्टामा

एनएसए पौडी च्याम्पियनसिपको उपाधी आर्मी क्लबको पोल्टामा

  • काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा भएको १३ औं एनएसए कप च्याम्पियनसिपको उपाधी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।

    onlinepatrika
    Arghakhachi

    आर्मीले कुल ९०५ अंक सहित प्रथम स्थान हात पार्दै उपाधी उचालेको हो । दोश्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको ७१९ अंक र तेश्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबले ४७२ अंक जोड्यो । महिला तर्फ आर्मीकी मिखा थापा र पुरुष तर्फ नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडीहरुले २५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । आर्मीकी मिखा थापाले च्याम्पियनसिपमा कुल ९ स्वर्ण र १ कास्य पदक हात पारिन् । इरभिनले ३ स्वर्ण हात पारेका थिए ।

    AGNI GROUP

    च्याम्पियनसिपमा कुल ९ राष्ट्रिय किर्तिमान कायम भएको छ । पहिलो दिन तीन राष्ट्रिय किर्तिमान भएकोमा दोश्रो दिन ६ राष्ट्रिय किर्तिमान कायम भएको छ । जसमा २५० मिटर फ्रिस्टायलमा पुलिसका इरभिन श्रेष्ठले १ मिनट ५६.२७ सेकेन्ड समयको किर्तिमान राखे । यस अघि यो विधाको किर्तिमान नासिर याहा हुसेनको नाममा रहेको थियो । उनले दुवईमा २०२१ मा भएको १५ औं फिना वल्र्ड पौडी च्याम्पियनसिपमा १ मिनट ५८.३० सेकेन्ड समयको किर्तिमान राखेका थिए । कोशी प्रदेशका बिकास कुमालले पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा ३०.३९ सेकेन्डको किर्तिमान राखे । उनले हिट चरणमा आफ्नै नाममा रहेको ३१.०५ सेकेन्डको किर्तिमानमा सुधार गर्दै ३०.५३ सेकेन्ड समयको सुधार गरेका थिए। उनले २०२२ मा भएको २० औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा उक्त किर्तिमान राखेका थिए ।

    यस्तै बिकासले १०० मिटर ब्रेष्टस्ट्रोकमा पनि आफ्नै नाममा रहेको १ मिनट ७.५० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ०६.८५ सेकेन्ड समयको किर्तिमान राखेका थिए । पुलिसका जेडन श्रेष्ठले दुई राष्ट्रिय किर्तिमान राखे । उनले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३०.९४ सेकेन्ड र १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट १.४७ सेकेन्ड समयको किर्तिमान राखेका थिए । ५० मिटरमा बिकास कुमालको नाममा ३१.०५ सेकेन्डको किर्तिमान थियो । उनले यो किर्तिमान २०२२ मा भउको २० औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा राखेका थिए । यस्तै १० मिटरमा एलेक्स शाहले २०१९ मा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुलदमा राखेको १ मिनट २.१० सेकेन्ड समयको किर्तिमान राखेका थिए । प्रत्येक राष्ट्रिय किर्तिमान कायम गरेका खेलाडीहरुले नगद ५ हजार प्राप्त गरेका थिए ।

    च्याम्पियनसिपको दोश्रो तथा अन्तिम दिन १५ स्वर्ण पदकका लागि भएको स्पर्धामा महिलाको ८०० मिटर फ्रिस्टायलमा त्रिभुवन आर्मी क्लबका आभा बैद्यले ११ मिनट २२.५४ सेकेन्ड समयका साथ स्वर्ण हात पारिन् । मिल्स वेरी स्कुलकी सिशोम्बुन राईले रजत र एपिएफकी जोया थापाले कास्य पाए । यस्तै महिला तर्फकै १०० मिटर ब्याकस्ट्रोकमा सेनाकी मिखा थापाले स्वर्ण हात पारिन् । उनले उक्त दूरी १ मिनट ८.४३ सेकेन्डमा पार गरिन् । द ब्रिटिष स्कुलकी स्निगधा शेरचनले रजत र जेम्सकी श्रेया महर्जनले कास्य पदक पाईन् । ५० मिटर ब्रेष्टस्ट्रोकमा आर्मीकी मिखा थापाले ३८.२६ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा नेपाल पुलिस क्लबकी आध्याश्री जोशीले रजत र न्यू मिलेनियमकी प्राज्ना ताम्राकारले कास्य पाईन् । १०० मिटर फ्रिस्टायलमा आर्मीकी मिखा थापाले १ मिनट ००.८० सेकेन्ड समयका साथ स्वर्ण जितिन् । एपिएफकी आर्या महर्जनले रजत र पुलिसकी देवांशी जोशीले कास्य पाईन् ।

    लतिलपुरस्थित २५ मिटरको हिटिङ्ग पौडी पोखरीमा भएको १०० मिटर ब्रेष्ट स्ट्रोकमा एपिएफकी अदिप्सा बैद्यले स्वर्ण हात पारिन् । उनले उक्त दूरी १ मिनट १९.६९ सेकेन्ड समयमा पुरा गरेकी थिईन् । न्यू मिलेनियमकी प्राज्ना ताम्राकारले रजत र पुलिसकी लुना श्रेष्ठले कास्या पाए । २०० मिटर ईन्डिभिडुअल मिड्लेमा आर्मीकी मेखा थापाले २ मिनट ३९.१२ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुलिसकी लुना श्रेष्ठले रजत र मिल्स वेरीकी सिशोम्बुन राईले कास्य पाईन् । ५० मिटर फ्रिस्टायलमा आर्मीकी मिखा थापाले २८.३० सेकेन्ड समयमा दूरी पार गर्दै स्वर्ण हात पार्दा एपिएफका आर्या महर्जन र रोशा न्यौपानेले रजत र कास्य पाए ।

    पुरुष तर्फको खेलको १०० मिटर ब्याक स्ट्रोकमा एपिएफका जेडन श्रेष्ठले १ मिनट ००.५९ सेकेन्ड समयको राष्ट्रिय किर्तिमान सहित स्वर्ण हात पारे । एपिएफकै निर्भय थापाले रजत र पुलिसका आरुष अवालेले रजत पाए । ४०० मिटर फ्रिस्टायलमा जेम्सका कल्किन श्रेष्ठले ४ मिनट १४.२४ सेकेन्ड समयका साथ स्वर्ण जिते । आर्मीका सौर्यन बहादुर शाहले रजत र सुदूरपश्चिमका अथर्व सिंहले कास्य पाए । ५० मिटर ब्रेष्ट स्ट्रोकमा कोशी प्रदेशका बिकास कुमालले ३०.३९ सेकेन्ड समयको राष्ट्रिय किर्तिमान सहित स्वर्ण हात पारे । एपिएफका जेडन श्रेष्ठले रजत र सगरमाथा स्विम क्लबका आरेक कर्माचार्यले कास्य पाए । १०० मिटर फ्रिस्टायलमा नेपाल पुलिसका इरभिन श्रेष्ठले ५२.८६ सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्मीका अभिभ प्रधानले रजत र एपिएफका निर्भय थापाले कास्य पाए । पुरुषकै १०० मिटर ब्रेष्ट स्ट्रोकमा कोशी प्रदेशका बिकास कुमालले १ मिनट ६.८५ सेकेन्ड समयको राष्ट्रिय किर्तिमान सहित स्वर्ण हात पारे।

    एपिएफका जेडन श्रेष्ठले रजत र आर्मीका आरभ अग्रवालले कास्य पाए । २०० मिटर इन्डिभिडुयल मिड्ले तर्फ सुदूरपश्चिमका अथर्व सिंहले स्वर्ण जिते । सिंहले उक्त दुरी २ मिनट १६.३३ सेकेन्ड समयका साथ स्वर्ण जितेका हुन् । जेभियरका आरोन भण्डारीले रजत र कोशी प्रदेशका अश्विन थापाले कास्य पाए । ५० मिटर फ्रिस्टायलमा नेपाल पुलिसका ईरभिन श्रेष्ठले २४.१४ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । आर्मीका अभिभ प्रधानले रजत र एपिएफका निर्भय थापाले कास्य पाए ।

    मिक्स रिलेमा नेपाल एपिएफ क्लबले स्वर्ण जित्यो । एपिएफ क्लबका आर्या महर्जन, जेडन श्रेष्ठ, निर्भय थापा र रोशा न्यौपानेको समूहले दुरी पार गर्न २ मिनट १.९१ सेकेन्ड समय खर्च गरे । पुलिसले रजत र आर्मीले कास्य पाए ।
    ४० बर्ष माथिको पुरुष मास्टर्स तर्फ चन्द्र सिंह महतोले ३२.३५ सेकेन्ड समयका साथ स्वर्ण, ब्रिटिष गोर्खाज नेपालका गौरव चन्द्र गुरुङ्गले रजत र शिविर रत्न शाक्यले कास्य पाए ।

    बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मीला के.सी. नेपाल लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट