Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जनकपुर बोल्ट्सले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्ने

जनकपुर बोल्ट्सले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्ने

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ रोजेको छ । योसँगै कर्णाली याक्सले पहिला ब्याटिंग गर्ने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन् । कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६-६ खेलमा १-१ खेल जितेका छन् भने ५-५ खेलमा हार बेहोरेका छन् । कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो ।

    AGNI GROUP

    आज हुने यस खेलको नतिजाले कुनै प्रभाव पर्दैन । कर्णाली र जनकपुरसहित चितवन र पोखरा प्लेअफको दौडबाट बाहिरिएका छन् भने सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट