Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ग्लोबल क्वालिफायर खेल्ने टिम छनौटका लागि २६ महिला क्रिकेट खेलाडीलाई क्लोज क्याम्पमा बोलाइयो

ग्लोबल क्वालिफायर खेल्ने टिम छनौटका लागि २६ महिला क्रिकेट खेलाडीलाई क्लोज क्याम्पमा बोलाइयो

  • काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले  आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने टिम छनौटका लागि २६ नेपाली महिला खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ ।

    onlinepatrika
    Arghakhachi

    क्यानले इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरीलाई क्लोज क्याम्पमा बोलाएको छ ।

    AGNI GROUP

    नेपालमै जनवरी १२ देखि फेब्रुअरी २ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुने छन् ।

    ग्लोबल क्वालिफायरआमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रह्गेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट