Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फेरि चल्यो महानगरको डोजर

फेरि चल्यो महानगरको डोजर

  • काठमाडाैं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १० स्थित देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ ।

    onlinepatrika
    Arghakhachi

    देवीनगरमा भद्रकुमारी स्पोट्र्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका संरचनालाई काठमाडौं महानगरले डोजर लगाएर भत्काएको हो ।

    AGNI GROUP

    महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्टस पार्क निर्माणका लागि केही दिन अघि शिलान्यास गरिएको थियो ।

    पार्क बनाउने स्थानलाई खाली गर्न शुक्रबार महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएका संरचना हटाएको काठमाडौं महानगर प्रहरी बलका एसपी मनोजप्रसाद लामिछानेले जानकारी दिए ।

    पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्गमिटर रहेको महानगरले जनाएको छ । पार्कभित्र खुला व्यायामशाला, व्याटमिन्टन कोर्ट, फुटसल मैदान समेत निर्माण हुने महानगरले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट