Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ

ललितपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ

  • ललितपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । ललितपुरमा अभियानको शुभारम्भ ललितपुर जिल्ला प्रहरी परिसरमा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक होबिन्द्र बोगटी, प्रहरी कर्मचारी तथा कार्यालयमा उपस्थित सेवाग्राहीहरूको सहभागितामा सम्पन्न भएको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रम अन्तर्गत सहभागीहरूले सेतो रिबन लगाएर “हिंसा गर्दिन, हिंसा सहदिन र हिंसा भएको हेरेर बस्दिन” भन्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, अभियानकै अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी कर्मचारीहरू ललितपुर महानगरपालिका-४, जावलाखेल चोकमा पुगेर स्थानीय जनसमुदायसँग जनचेतनामूलक भेटघाट सम्पन्न गरे ।

    AGNI GROUP

    कार्यक्रममा सेतो रिबन, सचेतना पुस्तिका वितरण गरिएको थियो भने चोकमा जिङ्गल बजाउँदै हिंसा विरुद्धको सन्देश फैलाइएको थियो ।

    यस अभियानले समुदायमा लैङ्गिक हिंसाविरुद्ध सचेतना बढाउने र सर्वसाधारणलाई हिंसा रोकथाममा सहभागी गराउने उद्देश्य राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट