Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवलाई पदमुक्त गर्न रक्षा बमको माग

प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवलाई पदमुक्त गर्न रक्षा बमको माग

  • काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशिला कार्कीको सचिवालयमा नैतिक भ्रष्टाचार भएको भन्दै प्रमुख स्वकिय सचिव आदर्श कुमार श्रेष्ठ तत्काल पदमुक्त गर्न माग गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    बमले प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै श्रीमतीसहित अन्य नातेदारलाई सचिवालयमा जागिर लगाउने काम गरेको भन्दै उनलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएकी छन् ।

    AGNI GROUP

    प्रमुख स्वकिय सचिव श्रेष्ठले श्रीमतीसहित अन्य नातेदारलाई सचिवालयमा जागिर लगाएको बाहिर आएपछि बमको यस्तो टिप्पणी आएको हो ।

    जेनजी विद्रोह रकमको भ्रष्टाचारबिरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावाद बिरूद्ध पनि थियो भन्दै बमले यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाईदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको समेत उल्लेख गरेकी छन् ।

    उनले भनेकी छन्: 

    आखिर के का लागि ? जेनजी विद्रोह रकमको भ्रष्टाचार बिरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावाद बिरूद्ध पनि थियो । भाद्र २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौं । तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोह कै बलमा जागिर लगाउने काम गरेका छन, त्यो सरासर गलत भएको छ । 

    संवेदनशील समयमा देशलाई लोकतान्त्रिक निकास दिनको लागि बनेको नागरिक सरकार यतिखेर चौतर्फी आक्रमणको सामना गरिरहेको छ । यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाईदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ। 

    भदौ २३ मा 'पारदर्शिता र जवाफदेहिता' हाम्रो मूल माग मध्यको एक थियो। नागरिक सरकार पारदर्शी बन्दै नागरिकप्रति जवाफदेही हुनैपर्छ। आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरि उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस।नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नुहुदैन।सरकार बेलैमा सचेत होओस् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij