Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एनपीएलमा विराटनगरको लगातार दोस्रो जित

एनपीएलमा विराटनगरको लगातार दोस्रो जित

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा विराटनगरले काठमाडौँलाई ५ विकेटले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँले दिएको १३५ रनको लक्ष्य पछाएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।विराटनगरको जितमा जर्ज मुन्सीले सर्बाधिक ३६ रन बनाए भने मार्टिन गप्टिलले २५, नरेन भट्टले २४ रन बनाएका थिए ।

    AGNI GROUP

    त्यसैगरी काठमाडौँका बलर शहाब आलमले २ विकेट लिए भने करण केसी, जेरार्ड इरासमस र सन्तोष यादवले एक एक विकेट लिए ।

    यसअघि पहिला ब्याटिंग गर्दै काठमाडौँका आदील आलमले सर्बाधिक ४८ रन बनाए भने बेन चार्लेजवोर्थले ३२ र सन्तोष यादवले २६ रन बनाएका थिए ।

    यो जितसँगै विराटनगरले लगातार दोस्रो जित हासिल गरेको छ भने काठमाडौँ गोर्खाजले तीन खेलमा दोस्रो हार बेहोरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij